बाँके : बाँकेमा विभिन्न क्षेत्रहरुमा खुलेआम स्कुल, कलेज, ईन्स्च्युटहरु भौतिक उपस्थितिमा संचालन गरिएको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को नयाँ भेरियनट ओमिक्रोन सहितको संक्रमण नेपालमा समेत बढ्दै गएको हुनाले सोको रोकथाम, नियन्त्रण निदान र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकारले माघ १५ गतेसम्म सबै प्रकारका आमसभा, जुलुस, सभा हल, भेला वा धेरै मानिसहरु भिडभाड नगर्न भन्दै स्थानीय सरकारलाई समेत सूचना विज्ञप्ति मार्फत जानकारी गराएको थियो।
नेपाल सरकारले जारि गरिएको सोहि विज्ञप्तिका अनुसार, जिल्ला प्रशासन कार्यालय बाँकेले माघ ४ गते एक सूचना विज्ञप्ति जारी गर्दै माघ १५ गतेसम्म अथवा अर्को सूचना जारी नभएसम्मका लागि भौतिक उपस्थितिमा विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप संचालन नगरी भर्चुअल वा वैकल्पिक शिक्षण सिकाई विधिहरुबाट मात्रै संचालन गर्न सकिने आदेश समेत दिएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेको आदेशलाई उन्लखन गर्दै बाँकेमा खुलेआम विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम जस्ता शैक्षिक क्रियाकलाप भौतिक उपस्थितिमा संचालन गरिएको छ ।
त्यसैगरी बाँकेको कोहलपुर नगरपालिका भित्र पर्ने केही निजि विद्यालय, ट्युसन सेन्टर, तालिम सेन्टरहरुले विद्यार्थीहरुलाई भौतिक उपस्थितिमा खुलेआम संचालन गरी विद्यार्थीको जीवनमाथि खेलबाड गरेका छन्। निजि संस्थाका संचालकहरु भनछन्, “हामि बन्द गर्दैनौ जे पर्छ, तेही टर्छ बरु कारवाहीमा पर्न तयार छौ तर कुनै हालतमा बन्द नगर्ने बताएका छन्।”
बाँके जिल्लाभर केहि दिन यता बगेश्वोरी खबर मिडियाको टिम अनुगमन गरिरहेको समयमा निजि संस्थाका संचालकहरु समेत कसैले प्रशंसा गरे भने, केहि संचालकहरुले गुणासो समेत गरेका छन्। गुणासो गर्ने संचालकहरु भनछन्, “शैक्षिक संस्थाहरु मात्रै किन बन्द गरिएको छ ? बाहिर देशबाट प्रवेश गरिने नाकाहरु सबै बन्द गर्नु पर्ने र सवारी साधन समेत बन्द गर्नु पर्ने सुझाव दिएका छन्।
सोहि विषयलाई समेटी शिक्षा, युवा तथा खेलकुद शाखा कार्यालय बाँकेका प्रमुख रविलाल मिजारसँग सोधपुछ गरेका थियौ। शिक्षा शाखा प्रमुख मिजार भनछन्, “जिल्ला प्रशासन कार्यालय बाँके, शिक्षा, युवा तथा खेलकुद शाखा कार्यालय, बाँके र कोहलपुर नगरपालिकाले सूचना विज्ञप्तिसहित जानकारी गराएको बताए ।” यद्यपी विज्ञप्ति जारि गर्दा कुनै पनि नियम पालना नगरेमा र महत्त्व नगरेपछि अनुगमन गरेर कारवाही समेत गरिने “उनले भने”
शाखा प्रमुख रविलाल मिजार ज्युलाई सूचना विज्ञप्ति मात्रै जारी गरेर हुदैन, सार्वजनिकमा अनुगमन गरेर हेर्नुहोस् तपाइहरुले दिएको निर्देशनको पालना भएको छ कि छैन भनेर, प्रश्न गर्दा मिजार भनछन्, “यस्तो सूचना अहिलेसम्म नआएको भन्दै पन्छिन खोजे, तर यस्तो जानकारी पाएपछि अब तुरुन्तै अनुगमन गरेर कारवाही समेत गरिने बताएका छन्। यस विषयमा सम्बन्धित निकाय, सरोकार वालाको गम्भीरतापुर्वक ध्यानाकर्षण हुन जरुरि देखिएको छ।