
७ माघ,
The Voice Kids की प्रतिस्पर्धिको रुपमा आएकी ९ वर्षीय टेरेशा कुमारी बिश्वकर्माको आवाजले सबै नेपालिको मन जित्न सफल भएकी छन्। उनले द भ्वाईस अफ किड्समा सेमिफाईनल अर्थात टप १६ सम्मको यात्रा तय गरेकी हुन्।
टेरेशाको आवाजले सबैको मन जितिरहँदा उनको परिवारको कथा भने निकै दर्दनाक रहेको छ । दैलेखको दुर्गम गाउँमा बस्दै आएको यो परिवारमा उनकी आमा शिवा बिश्वकर्मा पनि निकै मिठो गाउँछिन् । प्रतिभा भएर पनि उनी सधैं अगाडि आउन सकिनन् तर आफ्नो छोरीको प्रतिभालाई अगाडि ल्याउन भने उनी र उनका श्रीमान, टेरेशाको बुवा राम बहादुर बिश्वकर्मा सदैव लागिरहेका थिए। गरिवीका कारण केहि समयका लागि मात्रै खुसियाली भएको समेत उनका बुवा राम बहादुर बिश्वकर्माले जानकारी दिएका छन्।



गरिवीका बिच पिडित भैरहेको यो परिवारमा अर्को बिपत आईपरेको थियो । टेरेशा बिश्वकर्माका बुवा राम बहादुर बिश्वकर्माको मुटुको भल्भ परिवर्तन गर्नुपर्यो। सम्पत्ति सकाएर र ऋण काढेर उपचार त भयो तर फेरी उनलाई अर्को समस्याले पिरोल्यो । खुट्टामा रगत जमेसँगै बुवा रामबहादुरको खुट्टा सुक्न थाल्यो । छोरी टेरेशा भ्वाईस अफ किड्समा गाउन आईन तर उनको बुवाले कान सुन्न छोडेका छन् । डाक्टरले उनको बुवाको उपचारका लागि लाखौं रुपैंया लाग्ने बताईरहँदा यो परिवार रुवासी गर्दै नयाँ नयाँ न्युज नेपालका संचालक शिरशिर भण्डारीसँग अन्तरवार्ता गरेका छन्।
सम्पूर्ण जानकारीका लागि यो भिडियो हेर्नुहोस्