६ माघ,
बाँके। काठमाडौंबाट ६९ यात्रु लिएर नेपालगञ्ज आउदै गरेको बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा ल्यान्ड हुन नसक्दा एक महिला यात्री बेहोस भएकी छन्। सो विमानमा बेहोस् रहेकी एक महिला यात्रीलाई राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो । सो जहाज झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ ।
त्यसैगरी, मौसम खराबका कारण आन्तरिक हवाई उडानहरु प्रभावित भएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन्।
सिटौलाका अनुसार, बिहीबार बिहानैदेखि लागेको बाक्लो हुस्सुका तथा हिमपातका कारण तराई क्षेत्रका तीन वटा र हिमाली क्षेत्रका पाँच वटा विमानस्थल खुल्न नसकेका बताए ।