३ माघ,
बाँके : बाँकेमा एक वडा अध्यक्ष लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। अध्यक्षसहित अन्य तीन जनालाई पनि पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिएका छन्।

डिएसपी खनालका अनुसार, पक्राउ पर्नेमा बैजनाथ गाउँपालिकाका–३ का वडा अध्यक्ष राम चरण थारु सोहि ठाउँका सुरज थारू, ध्रुव थारू र सुन्दर थारू रहेको बताए।

ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा प्रहरी पुग्दा उनीहरूले लागुऔषध भुइँमा फालेकाले कति मात्रामा ब्राउन सुगर थियो भन्ने यकिन नभएको खनालले बताए। उनीहरु, “प्रारम्भिक अनुसन्धानमा चारै जना लागुऔषध प्रयोगकर्ता रहेको पाइएको “उनले भने”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय