३ माघ,
खोटाङमा बालिका बलात्कार गरेको अभियोगमा ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका छन् । उनलाई १४ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा पक्राउ गरिएको हो।

पोखरेल खोटाङको रावाबेँसी गाउँपालिका २ खार्पास्थित भाषा आधारभूत विद्यालयमा कार्यरत शिक्षक समेत रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ।

प्रहरीका अनुसार, छोरीलाई बलात्कार गरेको भन्दै पीडितका बुवाले गत बिहीबार उजुरी दिएको आधारमा आरोपित शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्वास्थ्य परीक्षणका क्रममा पीडित बालिका २० हप्ताको गर्भवती रहेको खुलेको आफन्तले बताएका छन् ।

शिक्षक पोखरेलमाथि ९ भदौयता पटक(पटक बालिकालाई बलात्कार गरेको अभियोग छ । उनलाई जिल्ला अदालतबाट आइतबार सात दिनको म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय