१ माघ,
तनहुँमा शुक्रबार गएराती जिप दुर्घटना हुदा एकै गाउँका ६ जनाको मृत्यु भएपछि तनहुँ गाउँ नै शोकमा डुबेको छ। तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा धरमपानी जाँदै गरेको ग १ ज ६५५५ नम्बरको जीप दुर्घटनामा जिप दुर्घटना भएको हो। माघे सङ्क्रान्ति पर्वको अघिल्लो दिन भएको दुर्घटनाले सबैलाई दुखित तुल्याएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । “चाडपर्वका बेला भएको दुर्घटनाले बाक्से, हटिया मात्र नभई सिङ्गो पालिका शोकमा डुबेको छ”, उनले बताएका छन्।

अध्यक्ष थापाका अनुसार आँबुखैरेनीको घुमाउनेबाट बुद्धसिंह मार्ग हुँदै बन्दीपुरतर्फ गुडेको जीप हटिया गाउँ आइपुग्नुभन्दा केही नजिक उकालोबाट व्याक भएर खसेको बताए । जीपको स्टार्ट बन्द भएर पुनःस्टार्ट गर्न खोज्दा पछाडि हटेपछि जीप दुर्घटना भएको हो । जिप चालक फरार समेत रहेको छबताए ।

बन्दीपुरका अध्यक्ष थापाका अनुसार, उद्धारका लागि आठ वटा एम्बुलेन्स पठाइएको र घाइतेहरुको उपचारका लागि बन्दीपुरमा रहेका सबै चिकित्सकलाई परिचालन गरि घाइतेको उपचारमा कुनै कसर बाँकी नराखेका बताए। घाइते भएका आठ जनालाई थप उपचारका लागि राति नै भरतपुर अस्पताल पठाएको समेत जानकारी दिए।

वडाध्यक्ष सन्तबहादुर गुरुङका अनुसार मृतकमध्ये एक दम्पतीसहित एकैघरका आमा छोराको समेत दुर्घटनामा मृत्यु भएको छ। “चार जनाको शव घटनास्थलबाट निकालेका थियौँ, थप दुईको उपचारका क्रममा मृत्यु भयो”, उनले भने । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय