२९ पुस,
बाँके। जिल्ला प्रहरी कार्यालय बाँके र आपतकालिन परिचालन बाँकेको समन्वयमा हिरासत कक्षमा रहेका थुनुवाहरुलाई ५० थान कम्बल बितरण गरिएको प्रहरीले जनाएको छ।

बाँकेमा बढिरहेको जाडो मौसमलाई मध्यनजर गर्दै पुस् २९ गते विहिवार जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा रहेका थुनुवाहरुलाई रजै कम्बलहरु बितरण गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन्।

एसपी अधिकारीका अनुसार, बाँकेमा दिनप्रतिदिन चोरी, डकैति, तस्करी जस्ता जघन्य अपराध बिगबिगी भईरहेको र यसलाई नियनतरण ल्याउन, संकास्पदहरु सबैलाई चेक जाँच गर्दा कुनैनकुनैमा जघन्य अपराध ठहरिदा अनुसन्धानका लागि हिरासतमा राख्दा जाडो मौसम धेरै भएपछी सबैलाई कम्बल वितरण गरिएको बताए।

यधपी केहि जनताहरुले यो काम गरेको सम्मान गरेका छन् भने केहि जनताहरुले बाँके प्रहरीले महान काम गर्यो, सेल्फी, फोटो लिनकै लागि भएपनि यो काम गरिएको भनेर खिल्ली र ट्रोल समेत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय