२६ पुस,
कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ मझगाउँस्थित रेटिना इन्टरनेशनल स्कुलका प्रिन्सिपल तिलक भट्ट पक्राउ परेका छन्। उनलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए ।

प्रहरी बमका अनुसार, भट्टले जागिर लगाइदिने प्रलोभनमा पारी यौन दुर्व्यवहार गरिएको र पीडित महिलाको उजुरीका आधारमा भट्टलाई शनिवार पक्राउ गरिएको बताए। भट्टलाई अदातलबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय