२६ पुस,
दाङमा बस दुर्घटनामा परि एक जना ९ महिने शिशुको मृत्यु भएको छ । विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा ९ जना यात्रु घाइतेसहित ९ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
मृत्यु हुनेमा भारत जिल्ला मोतीहार बस्ने असिर आलकका छोरा नानु आलम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ । रासस