२२ पुस,
नेकपा एमाले रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको हृदयाघातबाट निधन भएको छ। रोका जिल्ला अधिवेशन तयारीका लागि खटिएको बेला उनको निधन भएको नेकपा एमाले रोल्पाका अध्यक्ष बालाराम बुढाले बताएका छन् । उनको गएराति नुवागाउँ अस्पतालमा निधन भएको हो।
रोका रोल्पाको त्रिवेणी गाउँपालिका–२ निवासी हुन्। उनी भोलि हुन हुन लागेको जिल्ला अधिवेशनको तयारीका काममा खटिएका थिए।



रोकाको निधन भएपछि रोल्पा जिल्ला अधिवेशन स्थगित गरिएको छ।













