१९ पुस,
सल्यान। सल्यानको कालिमाटी गाउपालिकास्थित वडा नं. ७ ज्यामिरी खोलिमा खानेपानी संचालनमा आएको छ।
खानेपानी आयोजना समूहका अध्यक्ष कृष्ण बुढाको नेतृत्वमा माथिल्लो चिसि धारा खानेपानी उपभोक्ता समूह कालिमाटी ७ सल्यान घुईयाबारि ज्यामिरी खोलि टोलमा एक घर एक धारासहित २७ ओटा घर दुरीको आगनमा सफलतापुर्वक कार्य सम्पन्न गरिएको अध्यक्ष कृष्ण बुढाले जानकारी दिएका छन्।
अध्यक्ष कृष्ण बुढाका अनुसार, कालिमाटी गाउपालिकाबाट २ लाख अनुदान बजेट, वन तथा वातावरण मन्त्रालय पहाडी साना किशानका लागि अन्नपुर्ण आशा आयोजना संस्था द्वारा ४,३०,८५६।- र जनसर्वदान २५,६२१ ।- गरी जम्मा कुल रकम ६,५६,४७७।- को सयुक्त लगानीमा कार्य सम्पन्न भएको बताएका छन्। खानेपानीको ट्यांकी करिव दश हजार लिटर क्षमता भएको उनले बताए ।
अध्यक्ष कृष्ण भनछन्, “गाउ घरमा प्राय: जसो खानेपानीमा कठिनाई भएको र गाउमा मात्रै नभएर सबैको घर आगनमा पहिलो पटक पानीको धारा आएपछि स्थानीय जनतामा खुसियाली छाएको बताएका छन्।