
१८ पुस,
कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई पक्राउ गरि डिएनए परीक्षणको लागि नेपाल ल्याएको छ । पक्राउ पर्नेमा भारतिय नागरिक निकार अली रहेका छन्।
१३ बर्षीया निर्मला पन्तलाई १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटाममा बलात्कारपछि हत्या गरिएको थियो । प्रहरीले १५ दिनअघि उनलाई पक्राउ गरेपनि डिएनए रिपोर्ट आउन बाँकी रहेकाले अन्य जानकारी गोप्य राखेको छ ।



शंकास्पद भारतिय नागरिक निकार अलीलाई नेपाल ल्याएपछि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका एआईजी प्रद्युम्न कार्की गत साता कञ्चनपुर गएका थिए । विधि विज्ञान प्रयोगशालामा डिएनए परिक्षणका लागी स्याम्पल पठाइएको तर, रिपोर्ट आउन बाँकी रहेको प्रहरीका एकजना उच्च अधिकृतले बताएका छन् ।
निकार अलि कञ्चनपुर स्थित निर्मला पन्तको हत्या भएको ठाउँ नजिकै तरकारी खेती गर्थे । जग्गा भाडामा लिएर तरकारी खेती गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । डिएनए नमिलेसम्म उनलाई सार्वजनिक नगरिने प्रहरीले बताइएको छ ।