१७ पुस,

बाँके। कोहलपुर नगरपालिकाको सभा हलमा बाँके नेल्टा द्वारा आयोजित एक दिने गोस्टि र हाजिरी कार्यक्रम सम्पन्न भएको छ।

बाँकेको नेल्टाका निवर्तमान अध्यक्ष टर्क बहादुर खत्रीको अध्यक्षतामा बसेको गोस्टि र हाजिरी जवाफ कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी, अंग्रेजी शिक्षकहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको नेल्टा बाँकेका सचिव तथा सरस्वती मा.वि. का प्रधानाध्यापक बिशाखर जैसीले जानकारी दिएका छन्।

जैसिका अनुसार, नेपाल अंग्रेजी भाषा संगठन (नेल्टा) बाँकेको आयोजनामा कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावत, प्याप्शन बाँकेका अध्यक्ष यम बहादुर रावत, उद्दोगी व्यापारी मधु खड्का, र बागेश्वोरी बहमुखी क्याम्पस कोहलपुरका प्रमुख दान बहादुर हमाल लगाएत सम्पूर्ण शिक्षकहरुको उपस्थिति रहेको बताए।

कोहलपुर नगरपालिका सभाहलमा उपस्थित रहेका सम्पूर्णका भनाई अनुसार, पोस्ट कोभिड १९ ले विद्यालयको पठनपाठनमा पर्न गएको असरलाई मध्यनजर गर्दै आगामी समयमा आउन सक्ने माहामारीमा आ-आफ्नो तर्फबाट सबैले सहजकता अपनाई विद्यार्थीहरुको पढाईलाई चुस्त दुरुस्त राख्नका लागि सम्बन्धित निकाय र सरोकार वालाहरुले गम्भीरता पुर्व ध्यान दिनु पर्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय