११ पुस,
बाँके । बाँकेमा महिला सशस्त्र प्रहरीमाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । महिलाले आफूलाई जबरजस्ती करणी गरेको भन्दै युवक विरुद्ध उजुरी गरेकी हुन्। उजुरी पश्चात युवकलाई रोल्पा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ। थापालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाएको छ।
बाँकेमा कार्यरत रहेकी महिला सशस्त्र प्रहरीले उनलाई बलात्कारको आरोप लगाएकी हुन् । जबर्जजस्ती करणी उद्योगमा पक्राउ परेका थापाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रासस