४ पुस,
बाँके। बाँकेको राप्ति सोनारी गाँउपालिका वडा नं १ स्थित लौकीमा रहेको श्री शिद्धेश्वर महादेव माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक रुद्र ओलीलाई व्यवस्थापन समितिले विद्यालयको कोषबाट सुनको उपहार दिएर विदाई गरेका छन्।

शिद्धेश्वर महादेव माध्यमिक विद्यालयको वर्तमान भौतिक स्थितिलाई हेर्दा विद्यार्थीहरुका लागि बस्ने कुनै पनि व्यस्थित र पर्याप्त फर्निचर, कोठाभवन, दिसापिसापको लागि व्यस्थित चर्पी, पिउने पानी लगाएतका अन्य भौतिक आधारभूत सेवा सुविधाहरुको अत्यन्तै कमी रहेको हुदा पनि वर्तमान विद्यालय व्यवस्थापन समितिले विद्यालयको आवश्यकतालाई व्यवस्था नगरी, शिक्षा नियमवाली मापदण्ड विपरित्त विद्यालय व्यवस्थापन समितिका वर्तमान अधक्ष्य भएकी मन कुमारी बिकले विद्यालयको कोषबाट रकम हिनामिना गरि यस विद्यालयका पुर्व प्राधानाध्यापकलाई दो सल्ला र सम्मान प्रमाण पत्र दिएर विदाई गर्ने ठाउँमा सुनको औठी उपहार दिएर भव्य कार्यक्रमका बिच बिदाई गरिएको यस विद्यालयका पुर्व अध्यक्ष राजु बस्नेतले बागेश्वोरी खबरलाई जानकारी दिएका छन्।

पुर्व अध्यक्ष बस्नेतका अनुसार, यस्तो कार्य शिक्षा नियमवालीमा नभएको र यो काम निन्दनीय, आम अभिभावकको ईच्छा, चाहना विपरित छ भन्दै उनले राप्ति सोनारी गाँउपालिका १ नं वडा कार्यालयमा निवेदन पत्र मार्फत जानकारी गराएको बताए। उक्त निवेदनलाई वडा अध्यक्ष चन्द्र बहादुर ओलीले आफुले नै गरेको निर्णयलाई फेरबदल गर्न नमिल्ने भनि पत्रलाई अस्विकार गर्दै व्यवास्ता गरेको जानकारी दिए।

पुर्व अध्यक्ष बस्नेत भनछन्, “गर्न नहुने काम हामीले गर्दैछौ यस्तो अमान्य कार्य गर्दा यसको प्रभाव आम जनता र अभिभावकमा पर्ने भएको भन्दै विरोध पत्र पेस गर्दा कसैले पनि कुनै चासो नराखेपछी, आफु मात्रैको एकलौटी बोलीले कसैलाई प्रभाव नपरेपछि आफु पनि मौन रहेको बागेश्वरी खबरलाई बताएका छन्।”

उनका अनुसार, बेरोजी रकम अन्दाजी रु. चार लाख सम्म अडिट रिपोर्ट देखाएको भौचरलाई पुन: बिल भौचरलाई फेरबदल गरि अढाई लाख सम्मको बनाई कानुनि कारवाहीमा परेका व्यक्तिलाई विदाई भएर गएका पुर्व प्रधानाध्यापकको ठाडो निर्देशनमा विद्यालयका शिक्षक जनक कुमार शर्मालाई कार्यबाहक प्रधानाध्यापकको पद जिम्मा लगाई गएको बताए।

यस विषयलाई गम्भिरतापूर्वक लिएर आवाज बुलन्द नहुन्जेल सम्म पछि नहट्ने गरि र अभिभावकको ईच्छा चाहलाई सन्तुस्ट हुने गरि आफु यस विषयको बिरुद्ध बोलिरहने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय