४ पुस,
बाँके। बाँकेको कोहलपुरमा आईतवार अवेर हुदासम्म कोहलपुर नगरपालिकाको फोहर अझै उठ्न सकेको छैन ।
आज बाँकेमा हुस्सु लागेर अन्धकार भएसँगै अहिले जताततै फोहोरको डङ्गुर मात्र देखिन्छ । कोहलपुरको धेरै जसो स्थानमा थुपारिएको फोहरको कारण कोहलपुर दुर्गन्धित बनिसकेको छ । यधपी फोहोर व्यवस्थापनको यसमा ध्यानाकर्षण हुन जरुरि देखिएको छ।