३ पुस,
बाँके। बाँकेको राप्ति सोनारी गाँउपालिका वडा नं २ मदुईमा रहेको श्री लक्ष्मी माध्यमिक विद्यालयले २०४३ साल देखि २०७७ साल सम्मका अध्ययनरत पुर्व विध्यार्थिहरुलाई समाज बृहत अन्तरक्रिया कार्यक्रम द्वारा सम्मानित गरेको छ ।
बाँकेमा रहेको राप्ति सोनारी गाउँपालिकाकै पहिलो नमुना विद्यालय बनेको लक्ष्मी माध्यमिक विद्यालयले आज पुस ३ गते शनिवार सम्पूर्ण पुर्व विध्यार्थिहरुलाई आम-भेला कार्यक्रम राखी सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण आचार्यले जानकारी दिएका छन् ।
प्र.अ लक्ष्मण आचार्यका अनुसार, राप्ति सोनारी वडा नं २ का वडा अध्यक्ष मदन ओली लगाएत गाँउपालिकाका स्थानिएकै उपस्तिथिमा आम भेला कार्यक्रम द्वारा सम्मानित कार्यक्रम समापन गरिएको बताए। प्र.अ. आचार्य भनछन्, “नेपाल सरकारले नमुना विद्यालय बनाए सँगै विद्यार्थीको राम्रो प्रतिफल पाएको बताएका छन् । साथै यस कार्यक्रमको मुख्य भूमिका भनेकै लक्ष्मी मा. वि बाट पास भएर जानेहरुको लागि उत्साहा र हौसलाको लागि सम्मान कार्यक्रम राखिएको बताए ।