३ पुस,
बाँके। बाँकेको राप्ति सोनारी गाँउपालिकास्थित ढकेरीमा रहेको प्रसिद्ध ठाउँ भनेर चिनिने पार्कमा पिकनिक आउनेको निकै भिडभाड रहेको छ।
सधैको शनिवार जस्तै आज पुस ३ गते शनिवारको दिन प्राभेट, अफिस कार्यालय देखि स्कुलका विध्यार्थिहरु समेत पिकनिकमा आएर निकै रमाइलो गरेको ढकेरिका स्थानिए निवासी एवंम खुद्रा व्यापारी मन बहादुर पुनले जानकारी दिएका छन्।
व्यापारी पुनका अनुसार, प्रत्येक शनिवार यस ठाउँमा बाँकेका सम्पूर्ण विद्यार्थीहरु लगाएत अन्य अफिस कार्यालयबाट पिकनिकमा आएर निकै रमाईलो गरेर खानपिन गरिरहेको बताए। पुन भन्छन्, “भिडभाड धेरै हुन्छ तर कोरोनाको माहामारिमा कुनै पनि दूरी कायम नगरिएको साथै कसैलेपनि माक्स प्रयोग नगरेको बताएका छन्।
कोरोना भाईरसको तेस्रो सिजन आईसक्दा अझैसम्म पनि आम जनताको लापरवाहीले गर्दा निकै संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जनाएका छन्। ओली भनछन्, “कोरोना भाईरस समाप्त भएको छैन, सबैले आ-आफ्नो तर्फबाट माक्स प्रयोग गरि दुरी कायम गर्न अनुरोध गरेका छन्।”
यद्यपी केहि समय अगाडी कोहलपुर नगरपालिकाले कुनै पनि संसस्था लगाएत विद्यालयहरुले भ्रमण र पिकनिक लैजान/जानु अघि नगरपालिकालाई सूचना गराउन भनि एक सूचना विज्ञप्ति मार्फत जानकारी गराएको थियो। तर त्यो विज्ञप्ति भने, कागजमा मात्रै सिमित रहेको पाइन्छ । यस विषयमा सम्बन्धित निकाएको ध्यानाकर्षण हुन एकदमै जरुरि देखिएको छ।