बाँके । बाँकेमा शिक्षा लिन गएका विद्यार्थी शिक्षा दिने गुरुबाट नै असुरक्षित भएपछी बाँकेका स्थानियहरु ठुलो चिन्तामा परेका छन्। शिक्षकद्वारा बारम्बार विद्यार्थीको बलात्कार भएपछी अभिभावक माथि ठुलो प्रभाव परेको छ।

बाँकेस्थित नेपालगञ्जमा रहेको स्प्रिंग एकेडेमी नामक एक टेक्निकल स्कूलमा पढ्ने १७ वर्षीया (पार्वती महर) नाम परिवर्तन छात्रालाई स्कुलका फ़ाउण्डर हिक्मत रावलले बलात्कार गर्दै आएको जाहेरीमा उल्लेख गरिएको छ । पढाइदिने बहानामा होटल र घरमै बोलाएर पटक–पटक बलात्कार गरेको भन्दै जाहेरीमा उल्लेख गरिएको छ ।

विद्यार्थीलाई बलात्कार गरेको जाहेरीमा उल्लेख गरिए लगत्तै बलात्कारको आरोपमा स्कुलका फ़ाउण्डर हिक्मत रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, साउन २७ गते बाँकेको नेपालगन्जस्थित पुष्पलालचोकमा रहेको एक होटलमा बोलाएर शिक्षक रावलले छात्रालाई बारम्बार बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको जनाएको छ।

१७ वर्षीय पिडित बालिकालाई बलात्कार गरेपछि भिडियो बनाएको दावी गर्दै शिक्षक रावलले आफूले भनेको नमानेमा त्यो भिडियो बाहिर ल्याइदिने धम्की दिने गरेका थिए। बालिकालाई डर त्रास देखाएर बारम्बार बलात्कारको सिकार बनेपछि मंसीर २३ गते छात्राले प्रहरीमा जाहेरी दिएकि हुन। जाहेरी दिएपछि शिक्षक हिक्मत रावल पक्राउ परेका छन् । रावल माथि सात दिनको म्याद थपेर थप अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय