नेपाली कांग्रेसको १४ महाधिवेशनमा एकै छाकमा १४ सय केजी कुखुराको मासु र १४ सय केजी खसीको मासु गरी २८ सय केजी मासुको प्रयोग हुने बताइएको छ ।
मङ्सिर २४ गते शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरूलाई खाना खुवाउने जिम्मा अनुपम फुड ल्याण्डलाई दिएको छ।
उनीहरुसँग २ करोड २५ लाख रुपैयाँमा खाना खुवाउने सहमति भएको छ । प्रत्येक ४ दिनमा फरक फरक स्वादका खाना खुवाउने सम्झौता समेत भएको बताइएको छ ।
आजको उद्घाटन सत्र सकिए लगत्तै खानाको मेस खुला हुने बताइएको छ । जसको लागि १२ वटा स्टलको व्यवस्था गरिएको छ, भने खसीको मासु नभएको दिनमा माछाको परिकार दिइने बताइएको छ ।