२३ मङ्सिर,
पिस फर पिपुल संस्थाद्वा ४६८ बालबालिकाहरुलाई निःशुल्क शैक्षिक सामाग्री बितरण गरिएको छ।

देशभर रहेका ७८ जिल्लालाई उदेश्य राखी सबैका लागि निःशुल्क गुणस्तरिय शिक्षा हाम्रो अभियान अन्तर्गत पिस फर पिपुलले संस्थाद्वा सरकारी बिद्यालयमा अध्ययन गर्ने ४६८ बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको पिस फर पिपुल संस्थाका अध्ययक्ष सन्तोष विडारीले जनाएका छन्।

अध्ययक्ष सन्तोष विडारीका अनुसार,यस अभियानमा हालसम्म पर्साका १३० बालबालिका, सर्लाहीका १२५ बालबालिका, धादिङको १८६ बालबालिका र काभ्रेको २७ जना विद्यार्थिलाई अत्यावश्यक पर्ने शैक्षिक सामाग्रहिरु बितरण गरिएको बताए । जसमा कापी, सिसाकलम, किताब बोक्ने बिद्यालय झोला, ज्यामिटीवक्स, बिद्यालयलाई ब्याडमिन्टन एवंम डारी र माध्यामिक तहमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई सहयोगी पुस्तिकहरु समेत वितरण गरिएको बताएका छन् ।

विभिन्न ग्रामिण क्षेत्रका बिद्यालयहरुमा बालबालिकाहरुको शिक्षामा सहज पहुच नभएको र शैक्षिक सामाग्री अभावको कारणले गर्दानै बिद्यालय भर्ना हुने तर पूर्णता नदिने समस्या ब्यापक देखिएकाले आफुहरुले यस अभियान मार्फत निरन्तर सक्दो सहयोग गरिरहेको संस्थाको अध्यक्ष सन्तोष विडारीले जनाएका छन् ।
संस्थाका अध्यक्ष सन्तोष विडारी भनछन्, “सिकाईको सहजताको लागि हाम्रो अभियान निरन्तर गरिरहेको छौ, बिभिन्न सहयोगीहात मार्फत सहयोग संकलन गरि निरन्तर समग्र शिक्षाको प्रत्यभुत सबै बालबालिकाहरुको अध्यापनमा राम्रो सुधार होस् भन्नको लागि यो अभियान सुरु गरिएको बताएका छन्।” अभियानले सकारात्मक प्रभाव पारेको छ । बिद्यालय भबन निर्माण देखी बिद्यालयस्तर र कलेजस्तर सम्ममा छात्रबृत्ति एवंम समग्र सिकाईको फरक अभ्यास जस्ता क्रियाकलाप निरन्तरता पाएकोमा आफुहरु खुसी रहेको डाईरेक्टर पुनम खड्गी बताएका छन्।

खड्कीका अनुसार, यस संस्थाले गर्ने सानो सानो सहयोगहरु संकलनबाट नै भए पनि हाल सम्म तिन हजार भन्दा धेरै बालबालिकाहरुलाई अत्यावश्यक शैक्षिक सामाग्रीहरु वितरण गरिसकको बताए । भावी दिनमा पनि कोही पनि बालबालिकाहरु सामाग्री र आर्थिक अभावले आफ्नो पढाई बीचमा नै छोड्नु पर्ने बाध्यता नहास भन्ने अभिप्रायले अभियानलाई अझै ब्यपाक बनाउने तयारी रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय