२२ मङ्सिर,
बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट भन्सार छली भित्रयाएको अवैध सामान बरामद गरेको छ।

बाँकेको नेपालगंज उप-महानगरपालिका १० स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ता कपडा, चिनी, सुपारी, धाराको सामान गरी जम्मा अन्दाजी मुल्य रू २,१७,०००।– (दुई लाख सत्र हजार) रुपैया बराबरको सामान प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन्।

एसपी अधिकारीका अनुसार, भारतबाट अवैध रुपमा दैनिक धेरै सामान भित्राएको पाईन्छ। अवैध सबै सामान पक्राउ गरि आवश्यक थप कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय