२१ मङ्सिर,
दाङ। दाङको घोराही-४ लक्ष्मीपुरमा लैङगिक हिंसा बिरुद्ध १६ दिने अभियान कार्यक्रम सम्पन्न भएको छ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मङ्सिर २१ गते मंगलबार घोराही उपमहानगरपालिका वडा नं. ४ स्थित वडा कार्यालयको हलमा मुक्त कमलरी विकास मञ्च दाङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङ र घोराही उपमहानगरपालिका वडा नं. ४ वडा कार्यालयको समन्वयमा लैङगिक हिंसा बिरुद्ध १६ दिने अभियान कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका छन्।
एसपी काफ्लेका अनुसार, दाङमा सडक देखि बिद्यालयसम्म पुगेर लैंगिक हिंसा न्यूनिकरण सम्बन्धी सचेतना मुलक प्रशिक्षण कार्यक्रम तथा सडक नाटक कार्यक्रमलाई सम्पन्न गरिएको बताए।