१९ मङ्सिर,
बैतडीका केहि विद्यालय आजदेखि बन्द भएका छन्। विद्यार्थीमा कोरोना सङ्क्रमण बढ्दो क्रम देखिएपछि बन्द गरिएको हो ।

जिल्लाको पाटन नगरपालिका–४ स्थित भूमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि तीन दिनका लागि अर्थात् मङ्सिर २१ गतेसम्मका लागि विद्यालय बन्द गरिएको गरिएको हो।

विद्यालयका अन्य विद्यार्थी र शिक्षक सबैको कोरोना परीक्षण गरिने भएको छ। बैतडीमा हाल कोरोनाका ४ जना सक्रिय सङ्क्रमित रहेका छन्। कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ छिमेकी देश भारतमा समेत देखा परेकाले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय