
१८ मङ्सिर,
पर्वतको कुश्मा नगरपालिका–८ परादीमा बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।
मृत्यु हुनेमा, लामा कन्स्ट्रक्सनमा कार्यरत मजदुर १८ वर्षीय विशाल लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।



प्रहरीका अनुसार, वीरगन्जबाट बागलुङका लागि छुटेको ग २ ख ००९८ को यात्रुवाहक बसले पातिचौरदेखि दोबिल्लातर्फ जाँदै गरेको को १ च ६४२७ नम्बरको ट्याक्टरलाई बिहान करिब सात बजेको समयमा ठक्कर दिएको बताए। उक्त ट्याक्टरमा मजदुरहरू रहेका थिए भने सोही ट्याक्टरमा विशाल लामिछानेको मृत्यु भएको हो।
दुर्घटनामा परी घाइते भएका १८ जनालाई उपचारको लागि पर्वत अस्पतालमा पठाइएको छ भने गम्भीर घाइते भएका पाँच जनालाई उपचारको लागि पोखरा लगिएको छ।