६ मङ्सिर,
बैतडी : बैतडीको महाकाली राजमार्ग नजिकै दोगडाकेदार गाउँपालिका-३ तारलमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

घाइते हुनेमा बैतडीको दशरथचन्द नगरपालिका-११ का २३ वर्षीय डम्बर महरा, दशरथचन्द नगरपालिकाकै ५५ वर्षीय खेमराज भट्ट, दोगडाकेदार गाउँपालिका-४ का सागर विष्ट, दोगडाकेदार-५ का भीम धामी, सोही ठाउँकै २५ वर्षीय दीपक कार्की, दोगडाकेदार-५ का १९ वर्षीया दुर्गा धामी, दोगडाकेदार गाउँपालिका-७ का नरेश कार्की २७ वर्षीय वीरसिंह कार्की, उनकी २५ वर्षीया पत्नी लक्ष्मी र आठमहिने छोरा सौगात कार्की रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरीका अनुसार, घाइतेमध्ये डम्बर, खेमराज, भीम, दीपक, वीर, लक्ष्मी र सौगातलाई थप उपचारको लागि डडेल्धुरा पठाइएको छ। अन्य घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ। जिपमा चालकसहित ११ जना सवार रहेका थिए।

दुर्घटनाग्रस्त जिप सडकबाट ३० मिटर तल खसेको छ। पानीले गर्दा सडक सतह चिप्लो र दुर्घटना भएको स्थानमा सडक भासिएकाले दुर्घटना भएको खुल्न आएको छ। जिपचालक भने फरार रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय