१५ मङ्सिर,

काठमाण्डौको महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली बिलबुक बनाई चोरीको मोटरसाइकलमा हिड्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, काभ्रे पाँचखाल ४ घर भई बालाजु बस्ने ३० वर्षीय दिलिप राई र गोरखा पालुङटार – ९ बस्ने २५ वर्षीय नबीन कोइराला रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकरी दिएको छ।

महाशाखा प्रहरीका अनुसार, सादा पोसाकमा खटिएको प्रहरी टोलीले बौद्धबाट कालो रातो रंङको २२० सी.सी.को प्रदेश ३ -०२-०१४ प ७८३७ नम्बरको पल्सर मोटरसाईकलसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ। उनीहरुले मोटरसाईकलको वास्तविक नम्वर परिवर्तन गरि नक्कली बिलबुक बनाएर मोटरसाइकल चलाइरहेका थिए। उक्त मोटरसाइकलको वास्तविक नम्बर प्रदेश ३ -०२-०११ प ४४०४ रहेको खुल्न आएको पनि प्रहरीले जनाएको छ ।

पक्राउ भएको मोटरसाइकल जडीबुटीबाट हराएको भनी काठमाण्डौस्थित जडीबुटीमा बस्ने दुर्गा नारायण श्रेष्ठले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए ।

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहीका लागी महानगरीय प्रहरी बृत्त, नयाँ बानेश्वरमा पठाइएको छ । रातोपाटिबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय