७ मङ्सिर,
बाँके। बाँकेमा विद्यार्थीहरु पढ्न विद्यालयमा तर शिक्षक जति सबै अधिवेशनको निर्वाचनमा अस्त-व्यस्त भएका छन्। तथापी चुनाव गराउन विद्यालय नै बन्द गरि अधिवेशनको निर्वाचन सम्पन्न गरेका छन्।
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेश र नेपाली कांग्रेसको १४ औं महाधिवेशन लागएत अन्य पार्टीदलका नेताहरुले विद्यालय नै बन्द गरि अधिवेशनको निर्वाचन गरिरहेका छन्। तथापि यो बुझिन्छ कि “विद्या भन्दा राजनीति ठुलो भएको पाईन्छ”
देशभर राजनीतिक पार्टीदलका नेताहरुको महाधिवेशनकारण विद्यार्थीहरु माथि पर्न गएको ठुलो समस्याको प्रभाव कहिँ पनि गएर न्याय नपाईने माहुल भईसकेको छ। सरकार चलाउने प्रधानमन्त्री देखि लिएर अदालत, न्यायदिस, उच्च अदालतमा भ्रस्टाचारको नदि बगिरहेको छ। संवत : राजाले न्याय नपाएको देशमा गरिब जनताहरुका छोरा, छोरीहरुले कसरि न्याय पाउन सक्छन र ? यो त सम्भव नै छैन।
नेपालमा हत्या, हिंसा बलात्कार, लुटपात, भ्रस्टाचार जस्ता जघन्य अपराध दिन प्रति दिन बढिरहेका छन्। तर यसमा विरोधमा आउने भनेको गरिब जनताका छोराछोरीहरु मात्रै हुन् जसले न्यायको लागि भिक् मागिरहेका हुन्छन। यसमा सरकार गम्भीर होइन रमिते हेरेर बसिरहेको छ। हरेक गरिब जनताहरुले र आमा, बाबाहरुले दिन प्रतिदिन आफ्नो सन्तान गुमाईरहेका छन्। यसमा सरकार के हेरेर बसिरहेको छ ? जस्ता हजारौ प्रश्नहरु खडा छन् जनताहरु सँग यसको समाधान र न्याय, कानुन नबनाए सम्म जुनसुकै पार्टीको सरकार भएतापनि काम गर्ने होइन भासन ठोक्ने मात्रै हुन्।
सरकार अथवा पार्टीका नेताहरुले भोट माग्नको लागि घर-घर धाउन पर्दैन जब देशमा नया कानुनको व्यवस्थापन हुन्छ। सबै नेपाली जनताहरुका आमा, बाबाहरुले सन्तान गुमाएको न्याय पाउनेछन। त्यो दिन जुन सुकै सरकार किन नहोस् जनताका लागि जसले काम गर्छ। त्यो नै ३ करोड भन्दा धेरै जनताहरुको भगवान बन्ने छ।
स्तन्त्र पत्रकार : बागेश्वोरी खबरका संचारकर्मी हिमाल पुन मगर
बागेश्वोरी खबर डटकम (हाम्रो पनि राम्रो पनि)