६ मङ्सिर,
दाङ। दाङको घोराहीबाट प्रतिबन्धित वन्यजन्तु बाघको छालासहित २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा, दाङको तुलसीपुर उप-महानगरपालिका वडा नं ५ रानिजरुवास्थित बस्ने ३१ वर्षीया महेन्द्र खड्का र सोहि ठाउँका वडा नं ६ बस्ने ३८ वर्षीया सुर्य बहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी काफ्लेले जानकारी दिएका छन्।

एसपी काफ्लेका अनुसार, दाङको घोराही उप-महानगरपालीका वडा नं. १६ गरुवा चोकमा प्रतिबन्धित बन्यजन्तु बाघको छाला ओसारपसार गरी रहेको भन्ने गोप्य सूचनाको आधारमा दाङबाट खटिएको प्रहरी टोली मोटरसाईकलसहित दुई जनालाई फेला पारि पक्राउ गरिएको बताए।

पश्चिमबाट पुर्व तर्फ आउदै गरेको मोटरसाईकललाई शंका लागी रोकेर चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकल पछाडी सवार रहेका महेन्द्र खडकाले हातमा समाती बसेको कालो रङ्गको ब्याग भित्र लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित बन्यजन्तु बाघको छाला टाउको देखि पुच्छर सम्म ८ फिट लम्बाई र १ फिट ८ ईन्ची चौडाई भएको १ थान छाला, Redmi Not नामक मोबाईल १ थान र रा३प २६६ नम्बरको ईन्जिन BGA1-118901 नम्बर भएको मोटरसाईकल सहीत दुईजना लाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी काफ्लेले बताएका छन्।

पक्राउ गरि नियन्त्रणमा लिएका दुईजनालाई थप आवश्यक अनुसन्धान भईरहेको एसपी काफ्लेले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय