६ मङ्सिर,
कैलालीस्थित लम्कीचुहाका युवक भूपेन्द्र बडुवालको हत्यामा संलग्न भएका लम्कीचुहा नगरपालिका–३ चिसापानीका १९ वर्षीय मदन शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शाहीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा धरानबाट पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी प्रतीक विष्टले जानकारी दिए ।

डीएसपी विष्टका अनुसार, केहि दिनअघि पक्राउ परेका शाहीलाई प्रहरीले सोमबार सार्वजनिक गरेको बताए । घटनापछि शाही भागेर सुनसरी पुगेका प्रहरीले जनाएको छ ।

डीएसपी विष्ट भनछन्, “प्रहरीको प्राम्भिक अनुसन्धानका अनुसार दुई समूहको झगडामा उनको हत्या भएको बताएका छन्।” बडुवालको हत्या गरेको आरोप लगाउँदै परिवारले १६ जनाविरुद्ध इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दिएका छन् ।

हालसम्म शाहीसहितका १० जना पक्राउ परेका छन् भने घटनाका मुख्य अभियुक्त भनिएका चिसापानीका नवीन रावलसहितका ६ जना फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय