५ मङ्सिर,
दाङ । दाङमा एक महिला र ८०० मिलि ग्राम लागु औषध ब्राउन सुगर सहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरि नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा, दाङको तुलसिपुर उप–महानगरपालिका वडा नं. ६ मा घर भई हाल दाङ तुलसिपुर उप–महानगरपालिका वडा नं. ५ मा बस्ने ३१ वर्षिय शुशिला श्रेष्ठ, उनका छोरा १९ वर्षिय रोहन श्रेष्ठ, सोहि ठाउँमा बस्ने २५ वर्षिय धिरज बुढाथोकि र २० वर्षिय प्रख्यात शाह रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी शुरेस प्रशाद काफ्लेले जानकारी दिएका छन् ।

एसपी काफ्लेका अनुसार, मङ्सिर ४ गते शनिवार अन्दाजी ५ः३० बजेको समयमा लागु औषध ब्राउन सुगर बिक्री बितरण गरि रहेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसिपुरबाट खटिएको प्रहरीले शुशिला श्रेष्ठ र उनका छोरासहित ४ जनालाई पक्राउ गरिएको बताए । शुशिला श्रेष्ठ र उनका छोरा लामो समय देखि माईती घरमा बस्दै आईरहेको प्रहरीले जनाएको छ ।

माईती घरमा बस्दै आएकी शुशिला श्रेष्ठलाई खोज तलासी गर्दा छोरासहित आमाछोराले लागु औषध ब्राउन सुगर बिक्री वितरणको लागि सानो पुडिया ९९ पाकेट र ठुलो पुडिया १ पाकेट गरि जम्मा १०० वटा पाकेट फेला पारी सबै नाप तौल गर्दा १९ ग्राम ७१० मिलि ग्राम लागु औषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी काफ्लेले जानकारी दिएका छन् ।

पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय