५ मंसिर,
बाँके। बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा १ जना दाङकी महिला र १ जना बाँकेका पुरुष रहेका छन् ।

मंसिर २५ गते अस्पताल भर्ना भएकी गढवा गाउँपालिका–७, दाङकी ४९ वर्षीया महिलाको आज बिहान ३ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

यस्तै मंसिर ३० गते अस्पताल भर्ना भएका बाँकेको बैजनाथ गाउँपालिका–५ का ६८ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको वलीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय