
४ मङ्सिर,
बाँके। बाँकेको नेपालगंजमा आज सातौं धारा नेपालगञ्ज म्याराथन सम्पन्न भएको छ। यस म्याराथनको उपाधी सशस्त्र प्रहरी बल (एपीएफ) का किरणसिंह बोगटीले जितेका छन् ।बाेगटी १३ औं सागका गोल्ड मेडलिष्ट समेत हुन् ।
(एपीएफ) का किरणसिंह बोगटीले २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा नेपालगञ्ज म्याराथन पूरा गरेका हुन् । यस प्रतियाेगितामा नेपाली सेनाका नरेन्द्र रावल दोस्रो भएका हुन् । उनले २ घण्टा ३३ मिनेट २८ मिनेटमा म्याराथन पूरा गरेका थिए । नेपालगञ्ज म्याराथनको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले उद्घाटन गर्दै महानायक राजेश हमाल ज्यु समेत सहभागी भएका थिए ।



त्यसैगरी हाफ म्याराथन धादिङकी सन्तोषी श्रेष्ठले जितेकी छन् । उनले (एपीएफ) की पुष्पा भण्डारीलाई पछि पार्दै श्रेष्ठले हाफ म्याराथन जितेकी हुन् । सागकी गोल्ड मेडलिष्ट श्रेष्ठले हाफ म्याराथनमा १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी हुन् । हाफ म्याराथन विजेतालाई ५१ हजार पुरस्कार राखिएको छ।
कृतिमानी धावक बैकुण्ठ मानन्धर, नेपाली सेनाका उपरथी प्रेम शाही, सहायक रथी हरेन्द्र पाठक, सहित १९ जनाले भेट्रान्स तर्फ २१ किलोमिटर दौडेका थिए । उक्त म्याराथनतर्फ विजेतालाई १ लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार र सातौंलाई ७ हजार प्रदान गरिएको छ ।
त्यसैगरी हाफ म्याराथन (महिला) तर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार र सातौंले ६ हजार प्रदान गरिएको हो ।
१० किमी खुल्ला पुरुषतर्फ प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा महिला ५ किमी खुल्लातर्फ प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार पाएका छन् ।
त्यसैगरी स्कुललेभल छात्र ५ किमीमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार पाउनेछन् भने ३ किमी छात्रा स्कुलतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले पाँच हजार र तेस्रोले ३ हजार पाउनेछन् । ह्वीलचेयरतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजारबाट पुरस्कृत भएका छन्।