२ मङ्सिर,
दाङ : रोल्पामा यात्रु बाहक बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। भने ११ जना घाइते भएका छन्।
दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना३ख ५५१८ नम्बरको बस माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए।
प्रहरी निरीक्षक कृष्णका अनुसार, बसमा १८-२० जना सवार रहेको अनुमान गरिएको छ। बस सडकदेखि १०० फिट तल खसेको छ। विस्तृत विवरण आउन बाँकी छ।