
३० कात्तिक,
मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी हुदा १७ वटा घर र ३ वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । आगो नियन्त्रण नभएपछी एउटा कच्ची घर स,समेत भत्काइएको छ ।
गएराति करिव साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको थियो । सुरक्षाकर्मीहरुले स्थानीयको सहयोगमा बिहान साढे ४ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।



प्रहरीका अनुसार, गमगढी बजारका घरहरु काठैकाठले बनेका र एकअर्कासँग जोडिएकाले आगो नियन्त्रणमा लिन कठिन भएको बताए । आगो निभाउने क्रममा गोरख मल्लको एउटा कच्ची घर समेत भत्काइएको हो ।
आगलागीमा मानवीय क्षति केहि पनि नभएको र धनमालमा कति क्षति भयो भन्नेबारे पनि एकिन विवरण आइनसकेको प्रहरीले बताएको छ।