२९ कात्तिक,
बाँके। बाँकेको नेपालगंज उप-महानगरपालिका १५ जमुनाह स्थित एक कार्यक्रमका बिच मानव बेचबिखन बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन्।

एसपी अधिकारीका अनुसार, कात्तिक २९ गते शान्ति पुर्नस्थापना गृह नेपालगंज बाँके, ईलाका प्रहरी कार्यालय जमुनाह बाँकेको आयोजना र जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको सहकार्यमा जमुनाह स्थित एक कार्यक्रमका बिच मानव बेचबिखन बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको बताए ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारी र नेपालगंज उप-महानगरपालिका महिला सेवा केन्द्रको प्रमुख लगायत स्थानिय जनप्रतिनिधि, भद्र भलाद्मि, मिडियाकर्मि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले मानब बेचबिखन बिरुद्ध हर सम्भव लागी पर्ने र सबैको सहयोग र सहकार्यमा मानव बेचबिखन निस्तेज पार्ने प्रतिवद्धता समेत जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय