
२८ कात्तिक,
गोर्खा । जिल्लाको सिरानचोक गाउँपालिका–५ स्थित भालुमारामा नेपाली सेनाको रिपुमर्दन गणको ट्रक दुर्घटना भएको छ । भच्चेकमा तालिमको बन्दोबस्तीका समान पुर्याएर फर्कने क्रममा रिपुमर्दन गणको ट्रक भालुमारा सडकबाट ३० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।
जिल्ला ट्राफिक गोरखाका अनुसार भच्चेकबाट फर्कंदै गरेको लु१ग १३९ नम्बरको ट्रक ब्रेक फेल भएर सडकबाट खसेको हो । ट्रकको ब्रेक फेल भएपछि चालकले हाम्फालेर ज्यान जोगाएका बताइएको छ ।



उनका अनुसार सो ट्रकमा चालक मात्र सवार थिए । सडकबाट खसेको ट्रक झिक्ने प्रयास भइरहेको प्रहरीले बताइएको छ । न्युज ट्वान्टीफोरबाट