२८ कात्तिक,
बाँके। बाँकेको नरैनापुर गाउँपालिका नजिकै रहेको जङ्गलमा बाघको आक्रमणबाट एक जनाको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा नरैनापुर गाउँपालिका–४, पण्डितपुरुवाका लखन गडरिया रहेको प्रहरीले बताएको छ। उनको गाई चराउन वनमा गएको बेला बाघको आक्रमणमा परी मृत्यु भएको हो।

प्रहरीका अनुसार, कात्तिक २५ गते गाई चराउन जङ्गल गएका गडरिया नफर्किएपछि प्रहरीलाई दुई दिनपछि खोजतलासका लागि शनिबार घरपरिवारले जानकारी दिएका हुन् । प्रहरीलाई जानकारी गरे लगत्तै खोजतलासका क्रममा गएराति गडरिया र एउटा गाई मृत भेटिएको प्रहरीले जनाएको छ ।

नरैनापुरमा रहेको पर्यटकीयस्थल गोवर्द्धन धामदेखि करिब ५ किलोमिटर पूर्वपट्टी घना जङ्गलमा गडरियाको शव फेला परेको थियो । शवको पिठ्यँको भाग बाघले खाएको छ । घाँटी र शरीरका अन्य भागमा नङ्ग्राले कोतरेको छ । बाघले एउटा गाईसमेत मारेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

बाघको आक्रमणमा ज्यान गुमाएका गडरियाको शव परीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको प्रहरी बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय