२७ कात्तिक,
बाँके। बाँकेको कोहलपुरस्थित चप्परगौडिमा रहेको १२ नं वडा कार्यालयका अध्यक्ष नैन बहादुर शाहीले महत्त्वपूर्ण कागज पत्र हेर्दैनहेरी हस्ताक्षर गरेर सेवा ग्राही माथि ठुलो प्रभाव परेको छ। अध्यक्ष शाही भनछन्, “हामीबाट यस्तो गलत हुदैन अथवा म बाट यस्तो गल्ति नभएको बताएका छन्।
केहि समययता अध्ययनको शिलशिलाका साथ् साथै रोजगारीका लागि जापानको तयारी गरिरहेकी कोहलपुर नगरपालिका वार्ड नं १२ निवुवा रोडस्थित सुन्दर बस्तीमा बस्ने अन्दाजी २२ बर्षीय (नाम परिवर्तन) सपना बि.क ले अन्तिम सम्पूर्ण कागज पत्र तयार गरेर वडा कार्यालयबाट भेरिफाई गरि जापानको लागि तयार भईरहेको कागज पत्रमा रहेको वडा अध्यक्षको नम्बर गलत भएको र अध्यक्ष शाहीले कागज पत्र हेर्दैनहेरी हस्ताक्षर गरेपछि केहि समस्या आईरहेको पिडित सेवाग्राही सपना बि.क ले जानकारी दिएकी छन्।
पिडित सेवाग्राही सपना बिकका अनुसार, वडा कार्यालयबाट सरकारलाई राजश्व तिरेर कागज पत्र भेरिफाई गराउदा सम्बन्धित व्यक्तिहरुको ध्यान नभएपछि अहिले साना-तिना दुख पाईरहेको र कागज पत्र जापान पुगिसकेपछि ठुलो क्षेती हुने समेत बताएकी हुन्। पिडित सपना भन्छिन् “अधक्ष्य शाहीको अफिसियल नम्बरमा कागज पत्र भेरिफाई गर्नको लागि सोधपुछ हुने भएकाले जापानबाट अथवा सम्बन्धित एजेन्सीहरुबाट फोन आउदा गलत नम्बर भएपछी ठुलो समस्या हुने बताएकी छन्।
सेवाग्राही पिडितका गुनासोहरु
– वडा अधक्ष्य नैन बहादुर शाहीले अफिसियल नम्बर बिना जानकारी बदल्दा अन्य सेवाग्राही प्रति ठुलो समस्या भईरहेको
– अध्ययनको साथ् साथै रोजगारीको लागि साँवा ब्याजमा पैसा निकालेर कागज पत्र तयारी गर्दा सम्बन्धित निकाएको ध्यान नभएपछी गलत जानकारीका कारण भिसा आउन सम्भब नभएको
– पिडित र गरिबी जनताको जिन्दगिमाथि खेलबाड गरिरहेको
– पटक – पटक वडा कार्यालयमा धाएपनि सम्बन्धित सरोकार वालाको ध्यान नभएको
– सरकारलाई राजश्व तिर्दा पनि सेवाग्राही प्रति कर्मचारीहरुले बकैता काम गरिदिए जस्तो व्यवाहार गरिरहेको
– सम्पूर्ण सरकारी कार्यालय लगाएत प्राभेट अफिस कार्यालयहरुमा कागज पत्रमा हस्ताक्षर गर्न अघि यस कागज पत्रमा के लिखिएको छ अथवा गलत र सहि भए नभएको हेरेर हस्ताक्षर गर्न अनुरोध