२६ कात्तिक,
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले शुक्रबार साँझ काठमाडौं लगाएत केहि ठाउँहरुमा मसाल जुलुस निकालेको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै अनेरास्ववियूद्वारा मसाल जुलुस निकालिएको हो ।
अनेरास्ववियूले निरन्तर रुपमा भइरहेको मूल्य वृद्धिलाई अत्याचारको पराकाष्ठ भन्दै भनेको छ, ‘यस्ता जनविरोधी कदमको अनेरास्ववियू घोर भत्सना गर्दै श्रृंखलाबद्ध रुपमा भइरहेको मूलय वृद्धि तत्काल खारेज गर्न जोडदार माग गरेको छ ।’
नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिण्डर ७५ रुपैयाँले मूल्य बढाएको थियो ।