२४ कात्तिक,
दैलेख : दैलेखको आठविस नगरपालिका–७ खड्कावालाकी ३४ वर्षीया गर्भवती रूपा कठायतको हेलिकप्टर द्वारा उद्वार गरिएको छ। रुपालाई रक्तस्रावपछि उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जनाएका छन्।

जिल्ला अधिकारी हरिका अनुसार, उनलाई रक्तस्रावपछि स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएकाले बिरामीलाई थप उपचारका लागि राष्ट्रपति उद्धार कार्यक्रम अन्तर्गत उद्धार गरी हेलिकप्टरबाट सुर्खेत पठाइएको बताए।

हेलिकप्टरबाट उद्धार गरिएकी रुपाको प्रदेश अस्पतालमा सुर्खेतमा उपचार भइरहेको र अहिले उनको स्वास्थ्य सामान्य रहेको जानकारी पाएको आठविस नगरपालिका–६ मा रहेको सिंहासैन स्वास्थ्य चौकीका अहेव विनोदकुमार कठायतले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय