२० कात्तिक,
बाँके। नेपालगन्जको बाबुगाउस्थित बाँकेमा चार लाख नगतसहित ४८ जना जुवाडेलाई प्रहरी पक्राउ गरेको हो। पक्राउ परेका ४८ जनाको प्रहरीले परिचय नखुलाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रहरीका अनुसार, २० गते भाईटिकाको दिन बाँकेको नेपालगंज उप-महानगरपालिका १३ बाबुगाउमा केही मानिसहरु जुवातास खेलिरहेको छ भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरी टोलिले नगद रु.४,६६,०७७ र १० गड्डी ताससहित ४८ जना जुवाडेलाई फेला पारी पक्राउ गरिएको हो।

पक्राउ परेका ४८ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय