
२० कात्तिक,
काठमाडौं : प्रहरी उपरीक्षक डाक्टर संज्ञा मल्ललाई राष्ट्रसंघीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिएको छ।
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत मल्ललाई ११ औं राष्ट्रसंघीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिएको हो।



संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी कात्तिक २३ गते महासचिव एन्टेनियो गुटरेसले उनलाई पुरस्कार प्रदान गर्ने जनाएको हो ।
डाक्टर मल्ल कङ्गोस्थित शान्ति सैन्यमा स्वास्थ्य तथा वातावरण एकाइकी प्रमुख हुन्। उनले राजधानी किन्सासामा एकाइ स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।