१९ कात्तिक,
ललितपुरको मंगलबजारमा शुक्रबार साँझ ७ बजे ग्याँस सिलिन्डर विस्फोट हुँदा ४ जनाको ज्यान गएको छ, भने २ जना गम्भीर घाईते भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार, ग्यास सिलिन्डर विस्फोटमा परी घरधनी ६८ वर्षीय लक्ष्मीकृष्ण ताम्राकारसहित ४ जनाको ज्यान गएको बताइएको छ । ग्याँस सिलिन्डर विस्फोट हुँदा लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार (छाेरी), रत्ना ताम्राकार (बुहारी) र नातिको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका २ जनाकाे नाम खुलिनसकेको प्रहरीले बताइएको छ ।

खाना पकाइरहेका बेला सिलिन्डर पड्किएर घटना घटेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय