१८ कात्तिक,
बाँके। जिल्ला प्रशासन कार्यालय बाँकेले दिएको आदेश कागजमै सिमित रहेको र प्रहरी प्रशासन मौन देखिएको छ।

बाँकेमा देउसी भैलो, राति ८ बजेसम्म मात्रै खेल्न पाउने र पटका जस्ता डर त्रास देखाउने काम गर्न नपाउने भनेर जिल्ला प्रशासन कार्यालय बाँकेले विज्ञप्तिमा उल्लेख गरिएको छ। तर यहाँ तेस विज्ञप्तिमा रहेको नियम ठ्याक्कै उल्टो भईरहेको देखिएको छ। प्रहरी प्रशासन भने सबै चुपचाप लागेर मौन बसेको छ।

कोहलपुर, चप्परगौडि लगाएत अन्य केहि ठाउँहरुमा रातिको ९:१० बजिसक्दा पनि देउसी भैलो खेलिरहेका छन्। प्रत्येक ठाउँ, चोक, रोडहरुमा पटका पट्काएर केहि मानिसहरुले स-साना बच्चाहरुलाई असर परेको बाँकेका स्थानीय जनताहरुले गुणासो गरेका छन्।

स्थानीय जनताका अनुसार, जिल्ला प्रशासन कार्यालय बाँकेले दिएको आदेशलाई उल्लखन गर्दै जनताहरु रोडमा रमाईलो गर्दा पनि प्रहरी प्रशासन भने मौन देखिएको बताएका छन्। यधपी यसमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन एकदमै जरुरि देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय