१८ कात्तिक,
बर्दिया। जिल्ला प्रहरी कार्यालय बर्दियाले हिरासतमा रहेका थुनुवाहरुलाई सेलरोटी वितरण गरेको छ।

शुभ-दिपावली २०७८ को अवसरमा जिल्ला प्रहरी कार्यालय बर्दियाले आयोजित गरेको शुभकामना आदान-प्रदानमा कार्यालयका सम्पूर्ण कर्मचारीहरु र हिरासतमा रहेका थुनुवासहित सेलरोटी खाने कार्यक्रमलाई सव्य भव्यका साथ सफल पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिएका छन्।

प्रहरी प्रमुख कार्कीका अनुसार, यस पटकको तिहारमा कसैलाई पनि बिदाको छुट्टी नमिले पछि सबै जना एक साथ् सहभागी भएर यस कार्यक्रमलाई सम्पन्न पारिएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय