१८ कात्तिक,
बाँके। बाँकेस्थित कोहलपुरको चप्परगौडिमा रहेको च्वाईस कलेक्शन नामक पसल कोहलपुरमै व्यापारमा उच्च स्थानमा पुग्न सफल भएको छ।

कोहलपुर वडा नं १२ को वडा कार्यालय नजिकै, निवुवा जाने रोड चप्परगौडिमा रहेको च्वाईस कलेक्शन नामक पसल प्रत्येक वर्षको जस्तै यो वर्षको चार्ड पर्वहरुमा व्यापारको रेसियो हेर्दा यस वर्षको व्यापार उच्च स्थानमा रहेको च्वाईस कलेक्शनका प्रोप्राईटर राम बहादुर ओलीले जानकारी दिएका छन्।

राम बहादुर ओलीका अनुसार, महिलाहरुको हरितालिका तिज, चार्ड पर्वहरु दसैँ, तिहारमा सोचेको भन्दा राम्रो व्यापार भईरहेको बताए। ओली भनछन्, “छोटो समयमा नै व्यापारमा राम्रो सफलता पाएको बताएका छन्।”

च्वाईस कलेक्शनमा आउने हरकोहि ग्राहक, कस्टुमरलाई सबै समानमा २०% देखि ५०% सम्म छुटको व्यवस्था मिलाएको ओलीले बताए। उनका अनुसार च्वाईस कलेक्शनमा एक चोटि प्रवेश गरिसकेपछि सबै ग्राहकलाई खुशीका साथ् सम्बन्ध राखेर सधैका लागि आउने बाटो हामीले बनाएको जानकारी दिएका छन्।

यधपी कोभिड १९ को डर, त्रास हालसम्म कायम नै रहेकोले भिडभाड नगरिदिनहुन अनुरोध गर्दा पनि नियनतरण नभएको गुनासो गरेका छन्। ओली भन छन् “सबै कस्टुमर समझदार हुदैनन्, पटक पटक भन्दा पनि नटेर्ने हुनछन् र पसलमा आउने कस्टुमरलाई नआउनुहोस् भिडभाड छ, भन्न पनि नमिलेको बताएका छन्।” चार्ड पर्वहरुको सिजनमा मात्रै यस्तो भिडभाड हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय