१८ कात्तिक,
सुर्खेत : दाङबाट सुर्खेततर्फ आइरहेको रा १ च १३१० नम्बरको जीप रत्न राजमार्ग अन्तरगत वीरेन्द्रनगरको झुप्रा नजिकै आज बिहान दुर्घटना भएको छ। दुर्घटनामा घोराही नगरपालिका–१३ अन्दाजी २८ वर्षीय चालक राजु विकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते विकलाई उद्दार गरी कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको र उपचारको क्रममा मृत्यु भएको सुर्खेतका ट्राफिक प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए।
उनकाअनुसार लिवाङ नगरपालिका–३ रोल्पाका १६ वर्षीय लोकेन्द्र सुनार घाइते छन्। उनको अवस्था सामान्य छ। तरकारी बोकेर ल्याएको जीप सडकबाट अन्दाजी एकसय पचास मिटर तल झुप्रा खोलामा खसेको छ। थाहाखबरबाट