
१७ कात्तिक,
सल्यान। कालिमाटी गाउँपालिका ७ सल्यानको घुईयाबारि मेलामा चार जना कलाकारले आ-आफ्नो प्रस्तुती देखाउने भएका छन्।

नेपालीहरुको महान पर्व दिपावली तथा तिहारको दुईदिने मेलालाई सव्य र भव्यका साथ् सफल पार्नको लागि चार जना कलाकारको प्रस्तुती राखिएको घुईयाबारि मेला व्यवस्थापन समितिले जानकारी दिएको छ।




मेला व्यवस्थापन समितिका अनुसार, विश्वव्यापी माहामारी रुपमा फैलिएको कोभिड १९ को कारणले २ वर्ष सम्म मेला नलाग्दा रमाइलो नभएको भन्दै यस पटक (तिहार) विषेश मेलामा स्थानीय जनताहरुका लागि छोटो समयमा भएपनि भरिपुर्ण मनरोञ्जन दिइने गरि कलाकारहरुको प्रस्तुति राखिएको बताएको छ।
(दसैँमा लाग्ने मेला, लामो समयको भारि वर्षाले बबई नदि आउदा मेला लगाउन नदिएपछि रमाइलो नभएको समेत बताएका छन्।)
मेलामा उपस्थित हुने कलाकारहरु :
कुल बहादुर ओली (हास्य ब्यांगे, लोक दोहरी, अभिनय कलाकार)
शेखर घर्ति मगर (नृते, डान्सर)
कृष्ण रेउले (लोक दोहोरी गायक)
योगेश क्षेत्री (लोक दोहोरि अभिनय, स्टोरी मेकर)