
१७ कात्तिक,
बाँके। जिल्ला प्रशासन कार्यालय बाँकेले तिहारमा रमाइलो गरिने देउसी, भैलो रातिको ८ बजे सम्म मात्रै खेल्न पाइने एक सूचना मार्फत जानकारी दिएको छ।

आज बुधबार बसेको बैठकले विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमण हालसम्म कायम रहेकोले सार्वजनिक ठाउँहरुमा भिडभाड नगर्न र रमाइलो गरिने देउसी, भैलोलाई रातिको ८ बजेसम्म मात्रै खेल्न दिइने विज्ञप्ति मार्फत बताएको छ।



हेर्नुहोस् विज्ञप्ति
